अभिनेता अनमोल केसीले ब्याचलर बन्टी सिनेमाबाट हात झिकेपछि यो सिनेमा प्रदिप खड्का, पल शाह, सलिनमान बनियाँ लगायतले गर्दा राम्रो हुन्छ भनेका थिए । अनमोलले आफूले छाडेको भूमिका अरुले गर्दा हुन्छ भनेर कलाकारको अपमान त गरेका होइनन् भन्ने तर्क पनि उठेको थियो ।

यो बिषयमा अभिनेता केसीले जवाफ दिएका छन् । अभिनेता केसीले आफूले कसैको पनि अपमान गर्न नखोजेको बताए । यदि त्यस्तो लागेको भए माफी चाहन्छु, अनमोलले भने । अनमोल केसीले फूलको आँखा फूलै संसार, काँडाको आँखामा काँडै संसार भन्दा यो मान्छेको हेर्ने नजरमा भर पर्ने बताए ।

अनमोलले आफूले कुनै कलाकारको नाम लिएर गल्ती गरे जस्तो पनि नलागेको बताएका छन् । अनमोलले ब्याचलर बन्टीमा आफ्नो भूमिका मन नपरेर छाडेको उल्लेख गरेका थिए ।

For More videos Log on to Mazzako TV