जब निरुताले संझिइन् भूवनसँगको रोमान्स
आज आयोजित फिल्म क्याप्टेनको ट्रेलर सार्वजनिकमा अभिनेत्री निरुता सिंह पनि उपस्थित थिइन् । सिनेमाको एउटा गीतमा काम गर्नका लागि नेपाल आएकी निरुता सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा पनि पुगिन् । सो कार्यक्रममा निरुताले भूवन केसीसँग पहिलो सिनेमा दक्षिणामा काम गर्दाको क्षण संझिइन् ।

उनले २५ बर्ष अघि भूवनसँग काम गरेको र अहिले अनमोल केसीसँग काम गर्न लागेको बताइन् । निरुताले सो समयमा अभिनेत्रीद्धय झरना थापा र दिपाश्री निरौलासँग पनि आत्मियता साटेकी थिइन् । निरुता सिंहको अहिले पानी लिन भारत जाने र नेपाल आउने गरेको भन्दै दिपाश्रीले रमाइलो गरेकी थिइन् ।








