नमज्जाको खबर : बीएस राणा रहेनन्
वीएस राणाको निधन कलाकार वीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा राजधानीको टिचिङ अस्पतालमा निधन भएको हो । उनको ७८ बर्षको उमेरमा निधन भएको बताइएको छ ।

उनको एक साता अघि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाण्डौको टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिनेछ ।
उनले अभिनय गरेको पहिलो फिल्म अन्याय हो । यसपछि उनले सय भन्दा बढी सिनेमामा अभिनय गरेका छन् । कलाकार राणाले सिनेमाको पर्दामा विशेषगरि, जमिन्दार, राजामहाराजा, धनाढ्यको भूमिका बढी गरेका छन् । सेतो बाघ, बसन्ती लगायतका सिनेमाले उनलाई सधै संझाइरहनेछन् ।
For More videos Log on to Mazzako TV







