अभिनेता सलिनमान बनियाँले मुख्य भूमिका निर्वाहा गरेको सिनेमा यात्राको टिजर आज रिलिज भयो । यो सिनेमाको टिजरमा सलिनमान नै हाबी छन् । सलिनमाको रोमान्टिक मुड र उनको प्रेमले भरिएका संवादहरु नै टिजरमा देखिएका छन् । सलिनमान बनियाँ सिनेमाको टिजर सार्वजनिक कार्यक्रमको आकर्षणमा रहे ।

यो कार्यक्रममा सलिनमानको ड्रेसको पनि चर्चा खुबै भयो । सलिनमानको पहिरन लगाउने स्टाइल नै गज्जबको छ । उनले लगाउने पहिरन सधै उस्तै खालको हुन्छ, तर फरक फरक रंगको । सलिनमान आज पनि त्यस्तै पहिरनमा पुगेका थिए ।

जुन पहिरनले मिडियाकर्मीको पनि ध्यान खिच्यो । सलिनमान नेपाली सिनेमामा पहिरन मिलाएर लगाउन जान्ने अभिनेताको पहिलो नम्बरमा देखिएका छन् ।

For More videos Log on to Mazzako TV