सलिनमानमाथि नयाँ हिरोइनको चुनौती
सिनेमा यात्राको टिजर आज रिलिज भएको छ । सिनेमाको टिजर रिलिज अघिसम्म यो सिनेमाको चर्चाको एक मात्र पात्र थिए, सलिनमान बनियाँ । पहिलो सिनेमा ए मेरो हजुर ३ मा काम गरिसकेकाले पनि सलिनमान युवा यूवतीको ढुकढुकी बनेका छन् ।

यसैले यात्रालाई सलिनमानको फिल्म भन्ने गरिन्छ । तर, यो सिनेमाको टिजर आएपछि भने सलिनमानमाथि नयाँ अभिनेत्री मल्लिका महत्त नै चुनौती बन्ने देखिन्छ । सलिनमानको लुक्समा फिदा हुने दर्शक मल्लिकाको लुक्स र अभिनयमा फिदा हुन सक्छन् ।
टिजर मात्र हेरेर फिल्मकै मुल्यांकन गर्न त सहज नहोला । तर, मल्लिकाको संवाद शैली र लुक्सले सलिनलाई चुनौती दिने पक्का छ ।