अभिनेता सलिनमान बनिया स्टारर प्रतिक्षित फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ को टिजर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो । सम्राट शाक्यको डेब्यु निर्देशित फिल्म चैत्र २९ मा रिलिज गरिने छ । टिजरमो रोमान्टिकसँगै एक्सन अवतारलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मालिका महतले डेब्यु गर्दैछिन । फिल्ममा बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् भने फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । संजय लामाको छायांकन कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द रहेको फिल्ममा बनिश शाहको सम्पादन छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत छ ।

For More videos Log on to Mazzako TV