अनमोल माथि थोपरिएको स्टारडमको दबाब
अभिनेता अनमोल केसीको टाउकोमा एउटा दबाब छ । आधा दर्जन सिनेमा पनि नखेल्दा नै उनलाई हिट सिनेमा मात्र दिनुपर्ने दबाब थोपरिएको छ । अभिनेता अनमोल केसीले अभिनय गरेका सबै सिनेमा हिट भएको र उनी नेपालका महंगा मात्र होइन डिमाण्डेड अभिनेता भएका कारण पनि उनलाई सिनेमा चल्नैपर्ने दबाब छ ।

यो दबाब उनले आफ्नै होम प्रोडक्शनको व्यानरमा बनेको फिल्म क्याप्टेनमा पनि महशुश गरेका छन् । यो सिनेमाको ट्रेलर रिलिज हुँदै गर्दा अनमोल केही फरक गेटअपमा आउँदैछन्, जुन उनको लागि पनि चुनौतीले भरिएको बिषय हो । अभिनेता केसी यो चुनौतीमा पास हुनका लागि सिनेमामा लोकलयको गीतमा नाच्न पनि तयार छन् ।
यसका लागि उनले अभिनेत्री निरुता सिंहलाई नेपाल नै बोलाए । सानो उमेरमा नै थोपरिएको स्टारडमको दबबा उनले महशुश गर्न थालेका छन् ।
For More videos Log on to Mazzako TV







