सुशिल बाघ कि स्याल ?
सिनेमा नगरीमा बाघ र स्यालको भिडन्त हुन्छ कि बाघ र बाघको ? माघको १८ गतेबाट रिलिज हुन लागेको सिनेमा रणवीरमा यो प्रश्नको जवाफ खोजिनेछ । अभिनेता सुशिल सिटौलाको आज जन्मदिन हो । जन्मदिनको दुई दिनपछि उनको करिअरको महत्वपूर्ण पाटोको रुपमा रहेको रणवीर रिलिज हुँदैछ ।

यो सिनेमा चलेको खण्डमा सुशिलका लागि फाइदा हुनेछ । सिनेमा रणवीरमा प्रशान्त ताम्राकार पनि छन् । यो सिनेमामा प्रशान्तलाई बाघ र सुशिललाई स्याल भनिएको छ । स्याल र बाघको भिडन्त हुनेछ भनेर सामाजिक संजालमा टिप्पणी भएको पाइन्छ ।

प्रशान्तका अनुसार यो बाघ र बाघकै भिडन्त हो । तर, सुशिल स्याल बनेभने के गर्ने ? सुशिलका लागि प्रशान्तकै अगाडि बाघ नै बन्ने चुनौती छ ।
For More videos Log on to Mazzako TV