रमित ढुंगानाले नयाँ सिनेमामा काम गर्ने गरि संझौता गरेका छन् । अभिनेताले १८ लाख पारिश्रमिकमा नाम नराखिएको सिनेमामा काम गर्न लागेका हुन् । उनले आफूले १८ लाख लिएको बताएका छन् ।

रमितले फिल्मको कथावस्तु राम्रो लागेकाले आफू काम गर्न तयार भएको बताए । सिनेमा भित्र द्धन्द्धको दृश्य पनि धेरै भएको र आफू साइको देखिनुपर्ने उनले बताएका छन् । किराती इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमामा बिचल किरातीको निर्देशन छ ।

सिनेमामा सरु राइले लगानी गर्दैछिन् । सिनेमाका लागि हिरोइन फाइनल गरिएको छैन । चैत्रबाट यो सिनेमाको छायांकन सुरु हुँदैछ । रमितले आफैले बनाएको सिनेमा बुद्ध बर्न इन नेपाल रिलिज भएको २ बर्ष बढी भयो । यो सिनेमा चलेन ।

For More videos Log on to Mazzako TV