अभिनेत्री शिल्पा मास्केले अभिनय गरेको पहिलो फिल्म कागजपत्र हो । तर, रिलिजको आधारमा उनको डेब्यू दि ब्रेकअप हो । कागजपत्रको छायांकन पहिले भएतापनि दि ब्रेकअपको रिलिज अघि हुँदा उनका लागि डेब्यू कुन भन्ने समस्या छ ।

यतिमात्र होइन, शिल्पालाई यी दुई सिनेमाले सकस पनि दिनेछन् । किनभने, यी दुबै सिनेमाको प्रदर्शन मितिमा जम्मा ३ हप्ताको अन्तर छ । दि ब्रेकअप फागूण १७ गतेबाट रिलिज हुँदैछ भने कागजपत्र चैत्र ८ गतेबाट रिलिज हुँदैछ ।

यी दुबै सिनेमाको प्रदर्शन मिति नजिक नजिक हुँदा शिल्पा कुन सिनेमालाई बढी समय दिने भन्नेमा छिन् । शिल्पा मास्केले दि ब्रेकअपबाट नै आशा देखाएकी छिन् । तर, दुई सिनेमा नजिकै रिलिज हुँदा उनलाई तनाव त हुने नै भयो ।

For More videos Log on to Mazzako TV