चैत ८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शन हुने फिल्म ‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दैे ‘माया संसार’ बोलको गीत सार्वजनिक गरियो । गीतमा हर्कुलस बस्नेत शब्द संगत र स्वर छ । नाजिर हुसेन र शिल्पा मास्के प्रेम र भोलाराज सापकोटा र सरिता गिरीको बैबाहिक जीवनपछिको प्रेमलाई गीतमा प्रस्तुत गरिएको छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । फिल्मका लेखक निर्देशक अपिल बिष्ट हुन् ।

यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् । फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह(निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मी लगायतको फिल्ममा अभिनय छ ।

For More videos Log on to Mazzako TV