संजोगको घरमा बर्षाको कामको सम्मान
अभिनेत्री बर्षा राउत अहिलेकी व्यस्त कलाकार हुन् । उनले, सिनेमामा आफ्नो स्थान बलियो बनाइरहेको समयमा बिहे गर्दैछिन् । फागूण २ गते उनीहरु बिहे गर्दैछन् ।

बिहेपछि बर्षाले फिल्म गर्छिन् या गर्दिनन् भन्ने खालको टिकाटिप्पणी पनि भैरहेको छ । तर, कलाकार समेत रहेका संजोग भने बर्षाले बिहेपछि झनै उत्कृष्ट सिनेमामा काम गर्ने बताउँछन् । उनले, आफ्नो घरमा कामको सम्मान हुने पनि बताए ।
बर्षाले पनि आफू संजोगकको घरमा बुहारी भएर जान लागेको भन्दै नोकर भएर जान नलागेको उल्लेख गरिन् । बर्षा र संजोग ७ बर्षदेखि प्रेममा छन् ।