गोपीलाई नेता र कलाकारले के भने ?
फिल्म गोपीको विशेष शो राजधानीमा आयोजना भएको छ । कुमारी हलमा आयोजना भएको शोमा केही नेता र केही कलाकारले सिनेमा हेरेका छन् । सिनेमा हेर्न पुगेका नेता योगेश भट्टराइले देशमै केही गर्नुपर्छ भन्ने कथाले बाधेको बताए ।

सिनेमामा कलाकार विपिन कार्कीलाई डिग्री पास गरेपनि अमेरिका नगएर नेपालकै गाई पालेर बस्ने यूवकको भूमिकामा देखाइएको छ । कलाकार दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे लगायतले सिनेमाले स्वाबलम्बन बन्न सिकाउने प्रतिक्रिया दिए ।
सिनेमा गोपीलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । सिनेमामा विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्तको मुख्य भूमिका छ । शुक्रबारदेखि यो सिनेमा रिलिज हुँदैछ ।








