सुवेक्षाको ‘मायामा’ सुशील कसरी अल्झिए ? (भिडियो)
माघ १८ गतेबाट प्रदर्शन हुने फिल्म ‘रणवीर’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायामा’ बोलको गीतमा अभिनेता सुशील सिटौला र नव अभिनेत्री सुवेक्षा खड्का प्रस्तुत छन् । पोखराका मनोरम दृश्यमा छायाँकन गरिएको गीतको गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् । हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर छ ।

फिल्ममा सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, भोलाराज सापकोटा, शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । लेखन तथा निर्देशक गोविन्द सिंह भण्डारीको रहेको फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने, गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।