अनमोलपछि मिलनले छाडे ब्याचलर बन्टी
अभिनेता अनमोल केसीले करिब ६ महिनापछि ब्याचलर बन्टीमा काम गर्दिन भने । अनमोल केसीले सिनेमा छाडेपछि अब कसले काम गर्छ भन्ने चर्चा पनि भयो । यो सिनेमालाई सुदिप खड्काको लगानीमा मिलन चाम्सले निर्देशन गर्ने पक्का थियो ।

तर, अनमोलले छाडेपछि यो सिनेमा निर्देशक मिलन चाम्सले पनि नगर्ने भएका छन् । मिलनले अब ब्याचलर बन्टी नगर्ने बताए । उनले आफू अब बोबी २ सिनेमाको छायांकनमा व्यस्त हुने बताएका छन् । मिलनले आफूसँग अझै ३ वटा प्रोजेक्ट भएको पनि बताएका छन् ।
सिनेमाको लागि अभिनेता प्रदिप खड्कासँग कुरा भैरहेको खबर बाहिरिएको छ । प्रदिप र निर्माता सुदिप खड्का यो कथामा सोलीडोली नाम राखेर काम गर्ने बिषयमा सहमती नजिक पुगेको भन्न चर्चा पनि छ ।
For More videos Log on to Mazzako TV