अभिनेत्री पूजा शर्मालाई चुलबुली हिरोइन भन्दा हुन्छ । पूजा शर्मा सिनेमाको कार्यक्रममा वा संचारमाध्यमको कुराकानीमा नै किन नहोस्, चुलबुले हुन सिपालु छिन् । पूजालाई बजारमा चल्ने कुराले खासै फरक पर्दैन । उनको विन्दास अवतार नै उनको हतियार मानिन्छ ।

पूजाले अभिनय गर्न लागेको सिनेमा सम्हालिन्छ कहिले मनको घोषणा भयो । उक्त घोषणा कार्यक्रममा पूजाको पहिरनले भने संचारमाध्यमको ध्यान बढी तानेको छ । पूजाले माथिल्लो कपडा धेरै खुलेको लगाउँदा उनलाई सकस पनि भयो होला ।

तर पनि उनी निर्धक्क संचारमाध्यममा प्रस्तुत भइन् । पूजा शर्मालाई पहिरन सम्हाल्न पनि कहिलेकाही समस्या भएको थियो । कार्यक्रममा उनी र अभिनेता आकाश श्रेष्ठको पहिरनको रंग मिल्दा यसले बढी चर्चा पाएको थियो ।

For More videos Log on to Mazzako TV