अभिनेता अनमोल केसी र अभिनेत्री निरुता सिंह एउटै पर्दामा देखिने भएका छन् । सिनेमा क्याप्टेनको लोकगीतमा अनमोल र निरुताले नृत्य गर्न लागेका हुन् । कविराज गहतराजले गीतको भिडियोको कोरियोग्राफी गर्नेछन् ।

यो गीतमा नृत्य गर्नका लागि अभिनेत्री निरुता सिंह नेपाल आएकी छिन् । उनलाई त्रिभुवन विमानस्थलमा निर्माता भूवन केसीले स्वागत गरेका छन् । अभिनेत्री निरुता सिंहले आफूलाई अनमोल र भूवन केसीसँग काम गर्न पाउँदा खुशी लागेको बताइन् ।

भूवन केसीको मुख्य भूमिका रहेको सिनेमा दक्षिणाबाट निरुताले नेपाली सिनेमामा पाइला राखेकी थिइन् । अभिनेता भूवन केसीले निरुतालाई फिल्ममा खेलाउने चाहना अनमोलले नै राखेको बताए । यो सिनेमाले फुटबलको कथालाई देखाउनेछ ।

For More videos Log on to Mazzako TV