यसपटक हिरो मैले रोजेकी हुँः पूजा

अभिनेत्री पूजा शर्माले आफूले सिनेमाका लागि कहिले पनि हिरो नरोज्ने बताइन् । पूजाले काम गर्ने सिनेमामा उनले नै हिरो रोज्ने गरेको चर्चा चल्नेगर्दछ । तर, पूजाले भने आफूले हिरो नरोज्ने गरेको बताइन् ।

पूजाले सम्हालिन्छ कहिले मन सिनेमाको घोषणा कार्यक्रममा भनिन्–‘सधै मलाई हिरो रोेजेको आरोप लाग्छ । तर, मैले होइन निर्देशक सुदर्शन थापाले हिरो चुज गर्नुहुन्छ । तर, हो यसपटक मैले हिरो रोजेकी हुँ ।’ पूजाले सिनेमा सम्हालिन्छ कहिले मनका नव अभिनेता सोनम तोप्देनलाई आफूले रोजेको बताइन् ।

पूजाले फिल्ममा आकाश पनि भएको र नयाँ हिरो पनि भएको भन्दै पत्रकारले अब के प्रश्न सोध्नुहुन्छ भनेर उल्टै प्रतिप्रश्न गरिन् ।