नेपाली सिनेमा क्षेत्रमा आफ्नो पहिचान बनाउँदै गरेका अभिनेता पल शाहले पत्रकारलाई जागिर सिकाएका छन् । पत्रकार रातको १२ बजेसम्म विमानस्थलमा बस्नु उनीहरुको जागिर भएको पलको भनाई छ । अभिनेत्री आँचल शर्मा र पत्रकारविच दाल भात तरकारीको कार्यक्रममा भनाभन भएपछि आक्रोशित बनेका पलले पत्रकारको जागिर के हो र के काम गर्नुपर्छ भनेर सिकाएका हुन् ।

उनले, कलाकारसँग पत्रकारले कसरी बोल्ने भन्ने पनि सिकाएका छन् । पत्रकारले विमानस्थलमा कलाकारलाई कुर्छौ भनेको प्रसंगमा उनले, यो पत्रकारको जागिर भएको बताएका छन् । उनले यो कुरा आफूले नवुझेको समेत बताएका छन् । अभिनेता शाहले यो बिषयमा बोलेपछि अहिले उनको र पत्रकारको दुरी बढ्ने देखिन्छ ।

For More videos Log on to Mazzako TV