सुदर्शन थापाको निर्देशन रहने फिल्म ‘सम्हालिन्छ कहिले मन’ को निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरिएको छ । लभ स्टोरी फिल्ममा अभिनेत्री पूजा शर्माले अभिनेताद्वय आकाश श्रेष्ठ र सोनम तोप्देनसँग रोमान्स गर्दैछिन् । सोनम यसै फिल्म मार्फत डेब्यु गर्दैछन् । बेलायतको रमणीय दृश्यमा छायाँकन हुने फिल्मको केहि दृश्य मात्र नेपालमा खिचिनेछ ।

महेश दवाडीको कथा रहने फिल्ममा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यल गायतका कलाकारहरुको पनि अभिनय रहनेछ । ‘मेरो लागि नयाँ अनुभव हुनेछ किनकी यसको सम्पूर्ण छायाँकन विदेशमा हुदैछ केहि काम मात्र हिमाली भेगमा हुनेछ’ सुदर्शनले भने ‘अघिल्लो फिल्म भन्दा अझै उत्कृष्ट बनाउने प्रयास रहनेछ ।’ फिल्मका गीतमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुले संगीत भरेका छन् ।

फिल्मलाई सौरभ लामाले खिच्दैछन् । यसैगरी पुजाले यस फिल्मको क्यारेक्टरले आफुलाई नयाँ उपनाम दिने बताइन । प्रेम गीतकि गीत भनेर पनि पुजालाइ दर्शकले चिन्ने गर्छन् । ‘मेरो क्यारेक्टरले दर्शकलाइ भरपुर मनोरंजन दिनेछ’ पुजाले भनिन् ‘अघिल्ला फिल्म मार्फत पाएको माया यसले अझै बढाउने छ ।’ अभिनेता आकाशले भने दोस्रो पटक आफूलाई विश्वास गरेर फिल्ममा रोजेकोमा निर्देशक सुदर्शनलाई धन्यवाद दिए ।

डेब्यु अनुहार सोनमले फिल्ममा उत्कृष्ट काम पस्किन सक्दो मेहनत गर्ने बताए । कविराज गहतराजको कोरियोग्राफी रहने फिल्म अमित कुमार बस्नेतको निर्माणमा बन्न लागेको हो । फिल्ममा परि राना र अजित कुमार थापा सह(निर्मातामा छन् भने अंकित गौतम कार्यकारी निर्मातामा छन् ।

For More videos Log on to Mazzako TV