महेन्द्र राईको नयाँ गीत सार्वजनिक (भिडियो)
गायक महेन्द्र राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेन्द्रले ‘म जन्मेको गाउँ घर’ बोलको गीतको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । बिरेन्द्र तामाङको शब्द रहेको गीतमा महेन्द्र स्वयमकै संगीत छ । गीतका एरेन्जर फडिन्द्र राई हुन् । गीतमा आफ्नो गाउँको मज्जाले बयान गरिएको छ भने, गाउँ भन्दा टाढा भएको अबस्थामा आउँने यादलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा महेन्द्र राई, दिपा तामाङ, मन्गेन लिम्बु, नगेन धिमाल खगेन्द्र लिम्बुको अभिनय छ । भिडियोको सम्पादन बिकाश धमलाले गरेका हुन्, भने छायांकन र निर्देशन भुपेन्द्र तुम्बाहाम्फेको हो ।