के आँचललाई बोल्न प्रतिवन्ध लगाइएको हो ? (भिडियो)
अभिनेत्री आँचल शर्मालाई के सिनेमा दाल भात तरकारीको निर्माण टिमले बोल्नका लागि प्रतिवन्ध नै लगाएको हो त ? शुक्रबार आयोजना भएको सिनेमाको पत्रकार सम्मेलनमा यो बिषय उठ्यो । आँचलले सिनेमाको रिलिजसम्म आफूले सिनेमाको कुरा भन्द बाहिर नगएर बोल्न नखोजेको मात्र बताइन् । सिनेमाको कुरा मात्र आउँदा राम्रो होला कि भन्ने आफूलाई लागेको उनले बताइन् ।

अभिनेत्री आँचल शर्माको बिषयमा निर्माता किरण केसीले भने, मैले कसैलाई बोल या नबोल भनेकी छैन । म सधै नै पत्रकारहरुको सम्मान गर्छु । आँचलले पनि पत्रकारसँग क्षमा माग्दै आफूले त्यस्तो गर्न नखोजेको बताइन् । अभिनेत्री आँचल शर्माले दाल भात तरकारीको भन्दा बाहिरी बिषयमा बोल्न नखोजेको भन्दै पत्रकार सम्मेलनमा उनीमाथि कडा प्रश्न सोझिएका थिए ।








