अभिनेत्री र निर्देशकको लफडा
फागूणको १० गतेबाट रिलिज हुन लागेको सिनेमा प्रेमलीलाका अभिनेत्री र निर्देशकविच लफडा सुरु भएको छ । यो सिनेमाकी निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्काले निर्देशक जनक पाण्डेलाई आर्थिक अनियमितता गरेको आरोप समेत लगाएकी छिन् ।

सिनेमाको छायांकनको समयमा जनक र आफूले नै फिल्ममा लगानी गर्ने सहमती गरेको उनले बताएकी छिन् । तर, पछि जनकले रकम ननिकालेको बरु आफूले दिएको रकम पनि हिनामिना गरेको उनले बताएकी छिन् । सिनेमाको काम हुँदा हुँदै जनकले सेट छाडेर हिडेको समेत उनको आरोप छ ।

जनकलाई आफूले लात्तो हानेर निकालेको आरोप पनि दीपशिखाले लगाएकी छिन् । जनकसँग आफूले बारम्बार फोन सम्पर्क गर्दा पनि फोन सम्पर्कमा नआएको बरु श्रीमतीले आफूलाई मनलाग्दी गाली गरेको आरोप खड्काको छ । खड्काले सिनेमा बनाउनका लागि आफूले गाडी र सुन समेत बेच्नु परेको गुनासो गरेकी छिन् ।