मह सञ्चारको प्रस्तुतिमा तयार फिल्म ‘दाल भात तरकारी’ को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ‘भिजिट भिषामा’ बोलको गीत रिलिज भएको छ ।

सार्वजनिक उक्त गीतमा शब्द हरिवंश आचार्यको छ भने संगीत सम्भुजित बाँस्कोटाको छ । निशान भट्टराई र अञ्जु पन्तले स्वर भरेको गीतमा कोरियोग्राफी कबिराज गहतराजको छ । गीत हेर्दा र सुन्दन निकै मज्जा आउँछ ।

दिर्घ गुरुङले छायाँकन गरेको फिल्म आगामी बैशाख १३ बाट प्रदर्शनमा आउँदैछ । सुदन केसीको निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक गीतमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, बर्षा राउत, आँचल शर्मा, राजाराम पौडेल लगायत फिचर छन् ।

For More videos Log on to Mazzako TV