नव अभिनेत्री सुपुष्पा भट्टलाई रणवीर सिनेमामा काम गरेर ओझेलमा पर्छु भन्ने लागेको थिएन । किनकी, यो सिनेमामा कलाकारको भिड छ । प्रशान्त ताम्राकारदेखि सुशिल सिटौला, अनी मोडलिङमा नाम बनाइसकेकी सुवेच्छा खड्का । तर, अहिले सिनेमाको रिलिजको समय नजिकिदै गर्दा रणवीर अभिनेत्री भट्टको चर्चा बढी हुन थालेको छ । उनको स्टाइल, बोली र शैलीलाई दर्शकले मन पराएका छन् ।

सुपुष्पा आफूले सिनेमाका लागि सकेको मिहिनेत गरेको र सिनेमा क्षेत्रमा लाग्ने उद्देश्यले नै आएको बताउँछिन् । सुपुष्पालाई रुचाउने दर्शकको संख्या बढ्दै जाँदा उनी पनि खुशी छिन् । उनले, दर्शकले आफ्नो काम हेरेपछि झनै मन पराउने बताइन् । सुपुष्पा सानैदेखि आफूले ऐना हेरेर सिनेमाको संवाद बोल्ने, नृत्य गर्ने गरेको बताउँछिन् । उनी अहिले नै आफूलाई सिनेमाको अफर आउन थालेको बताउँछिन् ।

For More videos Log on to Mazzako TV