सम्राट सापकोटाको निर्देशित फिल्म ‘कप्स’ चैत्र ८ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्ममा अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु बिक्रम थापा, अनुपमा भण्डारी, रोशन सुबेदी लगायतको अभिनय छ । फिल्मका प्रस्तुतकर्तामा राम शाक्य रहेका छन् ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा सुशान्त प्रजापतिको छायांकन, अष्ट महर्जनको एक्सन, कविराज गहतराज र शिशिर खातीको नृत्य, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत छ । वितरकको जिम्मा भने उपत्यका भित्र गोपालकाजी कायस्थ र उपत्यका बाहिर मनोज राठी र बिक्रम पराजुलीले लिएका छन् ।

For More videos Log on to Mazzako TV