गायक तथा संगीतकार मन थुलुङको संगीतमा ‘भाग्यमानै लेख्या रैछ’ बालेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जनम रोमियोको शब्द, सुबरा बाङ्देलको स्वर रहेको गीतको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो ।

राज गुरुङ र उर्मिला लामाले अभिनय गरेको भिडियो कतारमा छायांकन गरिएको हो । भिडियोको निर्देशन र छायांकन सुरज तामाङले गरेका हुन् । राज गुरुङको कोरियोग्राफी रहेको भिडियोको सम्पादन राज कुमारले गरेका छन् । भिडियो निकै मज्जाको बनेको छ ।

For More videos Log on to Mazzako TV