वुधबार सिनेमा शुभ लभको पत्रकार सम्मेलनमा काठमाण्डौको क्यूज हलका कर्मचारीले चलचित्र पत्रकार संघका सचिव समिर बलामीमाथि हातपात गरेका थिए । सिनेमाको कार्यक्रममा पुगेका पत्रकारलाई दुव्र्यवहार र तल्लो भाषा बोलेपछि पत्रकार बलामीले प्रतिकार गरेका थिए । सो समयमा उनीहरुले हातपात गरेका थिए ।

सो घटनाको चलचित्र पत्रकार संघले घोर भत्र्सना गरेको छ । चलचित्र पत्रकार संघले समाचार सम्प्रेषणका लागि पुगेका पत्रकारमाथि दुव्र्यवहार हुनु आपत्तीजनक घटना भएको बताएको छ । चलचित्र पत्रकार संघले सुरक्षाको प्रत्याभुती नदिएसम्म क्यूज हल र शुभ लभ सिनेमाको कार्यक्रम बहिष्कार गर्ने चेतावनी पनि दिएको छ ।

चलचित्र पत्रकार संघका महासचिव अनिल यादवले जारी गरेको विज्ञप्तीमा पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न चेतावनी दिइएको छ ।

For More videos Log on to Mazzako TV