सम्राट शाक्यको निर्देशनमा तयार भएको सिनेमा यात्राको फस्टलुक सार्वजनिक भएको छ । आजसम्म यो सिनेमाको कुनै पनि लुक्स रिलिज गरिएको थियो । तर, यो सिनेमाको प्रचार अब सुरु भएको यसको निर्माणपक्षले बताएको छ ।

चैत्र २९ गतेबाट यो सिनेमा रिलिज हुँदैछ । सिनेमालाई केशव भट्टराई र सुशिल पोखरेल मिलेर बनाएका हुन् । सिनेमा यात्रामा अभिनेता सलिनमान बनियाँको मुख्य भूमिका छ । उनको साथमा सिनेमाको फस्टलुकमा नव अभिनेत्री मल्लिका महत्तलाई देख्न सकिन्छ । सिनेमाले यात्राको कथालाई उठान गरेको छ । सिनेमाको फस्टलुकमा सलिन र मल्लिकाको जोडी सुहाएको छ ।

यसकासाथै, सिनेमाको एउटा पोष्टरमा अन्य कलाकार पनि देखिएका छन् । यो सिनेमा ए मेरो हजुर ३ सँगै भिडन्त गर्न तयार भएको छ ।

For More videos Log on to Mazzako TV