किन छाडेका थिए हरिहरले ए मेरो हजुर २ ?
सलिनमान बनियाँले काम गर्नु अघि सिनेमा ए मेरो हजुर २ मा ज्योतिष हरिहर अधिकारीले काम गर्ने कुरा थियो । हरिहरले काम गर्ने पक्का भएपनि पछि उनले यो सिनेमाको कथा मात्र लेखे, काम गरेनन् । आखिर, किन हरिहरले यो सिनेमा गरेनन् ?

डेब्यू सिनमा शुभ लभको कार्यक्रममा हरिहरले यो कुरा प्रष्ट पारेका छन् । उनका अनुसार, पहिलो सिनेमामा नै उनका लागि चलकेटी प्रेमीको भूमिका ठिक हुँदैन भन्ने सल्लाहा धेरैले दिए । सुरुमा आफ्नै पेशाको सिनेमा गर्दा ठिक हुने भनेपछि उनले हात झिकेका थिए । सिनेमा शुभ लभमा भने उनले ज्योतिषकै भूमिकामा काम गरेका छन् ।
ज्योतिषकै भूमिकामा काम गरेपनि हरिहरले यसमा अभिनेत्रीसँग रोमान्स भने गरेका छन् । हरिहरले एउटा व्यक्तिले विभिन्न क्षेत्रमा काम गर्न आवश्यक रहेको पनि बताएका छन् । यसैले पनि आफूले फिल्म क्षेत्र पनि रोजेको हरिहरको भनाई छ ।








