नेपाली चलचित्र ‘शुभलभ’को पहिलो गीत सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको गीत ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ सार्वजनिक गरिएको हो।

गीतमा नव नायक हरिहर अधिकारी र नव नायिका कृष्टिन पौडेललाई फिचर्ड गरिएको छ । हरिहर अधिकारी नेपालका चर्चित युवा ज्योतिषको उपमाले पनि परिचित नाम हो । सार्वजनिक गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ, भने निशान भट्टराईले गीतमा स्वर दिएका छन् । गीतका कोरयोग्राफर रामजी लामिछाने हुन्। चैत १५ गते रिलिज हुने सिनेमालाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन्।

This image has an empty alt attribute; its file name is subha-love1-768x349.jpg

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । चलचित्रलाई धर्मराज शर्मा सुवेदीले निर्माण गरेका हुन् ।

For More videos Log on to Mazzako TV