नेपाली फिल्मका लागि नयाँ बर्षको छेको सधै नै विशेष हुन्छ । किनभने, चैत्रको अन्तिम साता रिलिज हुने सिनेमाले नयाँ बर्षको बिदामा बम्पर कमाई गर्छन् । यही भएर यो मितिमा सिनेमा चलाउन निर्माताविच तछाडमछाड हुन्छ । अहिले चैत्र २९ मा के हुन्छ भन्ने प्रश्न सिनेमा क्षेत्रमा रुमलिएको छ ।

राजनीतिक पावरदेखि साम, दाम, दण्ड, भेद सबै अपनाएर भएपनि निर्माता यो मितिमा सिनेमा ल्याउन चाहन्छन् । यो मितिमा अभिनेता अनमोल केसीको ए मेरो हजुर ३ र अभिनेता सलिनमान बनियाँको यात्रा रिलिज हुने पक्का भनिएको छ । फेरि, ए मेरो हजुर ३ सर्छ भन्ने पनि हल्ला चलाइएको छ । अर्कोतिर, यो मितिमा रिमेश अधिकारीको महत्वकांक्षी सिनेमा नालापानी पनि आउँदैछ ।

यसका लागि राजनीतिक खेल पनि सुरु भएको छ । यता, यो मितिमा निर्माता गोविन्द शाही आफू निर्मित सिनेमा लभ स्टेशन पनि ल्याउन खोजिरहेका छन् । यो सिनेमा आउँछ, आउँदैन भन्ने चर्चा पनि छ । यसैले चैत्र २९ मा के हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन ।

For More videos Log on to Mazzako TV