नेपाली फिल्मका अभिनेताहरु अरु कलाकारको सिनेमाको प्रमोशन गर्न पटक्कै रुचाउँदैनन् । बरु, उनीहरु एक अर्कासँग दुश्मनी मोल्न तयार हुन्छन् । तर, उनीहरुको मित्रता बाहिर देखिए जस्तो छैन । तर, अभिनेता प्रदिप खड्काले भने फिल्म दि ब्रेकअपको ट्रेलर आफ्नो फेसबुकमा मात्र शेयर गरेका छैनन्, प्रशंसा पनि गरेका छन् ।

उनले ट्रेलरका प्रशंसा गर्दै विदेशी सिनेमालाई नेपाली फिल्मले पछि पार्न सक्नुपर्ने बताएका पनि छन् । प्रदिप खड्काले दि ब्रेकअपको ट्रेलर यसरी शेयर गरेपनि उनले अरु सिनेमाको प्रचारमा यस्तो खालको सहयोग गरेको देखिएको छैन । प्रदिप हेमराज वीसीको निर्देशनमा बन्न लागेको सिनेमामा काम गर्दैछन् ।

यसैले पनि उनले निर्देशकसँग नजिक हुनका लागि यो ट्रेलर शेयर गरेका होलान् । अर्कोतिर, यो मितिमा सिनेमा क्याप्टेन पनि आउँदैछ, जसमा अभिनेता अनमोल केसीको मुख्य भूमिका छ । अनमोलसँग टक्कर लिएको हिरोको रुपमा प्रदिपलाई चिनिन्छ । उनले दि ब्रेकअपको प्रचार गर्नुको पछाडि अनमोल पनि हुन् कि ?

For More videos Log on to Mazzako TV