तनावमा साम्राज्ञी
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले तनावमा छिन् । उनी तनावमा रहनुको कारण कुनै सिनेमा असफल भएर होइन । उनको इन्स्टाग्राम पेज कसैले ह्याक गरिदिएको छ । यो कुराले साम्राज्ञीलाई तनाव दिएको हो ।

उनी यो सामाजिक संजालमा खुबै सक्रिय थिइन् । उनको फ्यानसँग जोडिने एउटा माध्यम पनि बनेको थियो, यो संजाल । तर, अहिले यसमा कुनै तस्बिर देखिएको छैन, न त कुनै पोष्ट नै छ । साम्राज्ञीको इन्स्टामा ३ लाख ९७ हजार फलोअर्स छन् ।
साम्राज्ञीले अहिले आफू कानुनी उपचारको खोजीमा लागेको बताएकी छिन् भने उनकी आमाले आफूहरु अचम्ममा परेको बताएकी छिन् । इन्स्टामा राखेको तस्बिर र भिडियोले कहिले उनलाई चर्चित बनाएको छ भने कहिले विवादित ।
For More videos Log on to Mazzako TV







