अर्पण थापाको निर्देशन रहने फिल्म ‘घर’ को सुटिङ्ग सुरु भएको छ । सोमबार काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा पूजा गर्दै छायांकन सुरु गरिएको हो ।

फिल्ममा अर्पण थापाको अभिनय तथा निर्देशनमा फिल्म निर्माण हुने छ । सुरक्षा पन्त, बेनिशा हमाल र अस्मिता खनाल पनि फिल्ममा मुख्य कलाकारको रुपमा रहने छन् । हरर जनरामा निर्माण हुने फिल्म ‘घर’ को कथा पनि अर्पणकै हो ।

शर्मिला पाण्डे र निर्देशक दिपेन्द्र के खनालको लगानीमा फिल्म निर्माण हुने छ । २० दिनमा छायाँकन सकिने बताईएको फिल्मको बुढानिलकण्ठ आसपासमा खिचिने बताइएको छ । फिल्मको छायाँकन निरज कँडेल गर्दैछन् ।

For More videos Log on to Mazzako TV