मुस्कान ढकाल निर्देशित फिल्म ’समर लभ’ को नयाँ गीत सार्वजनिक भएको छ । माघ २५ बाट रिलिज हुने फिल्मको पुष्पन प्रधानको शब्द संगीत रहेको ‘हेरन बाँझो मनभरी’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सुमित विश्वकर्मा स्वर सुन्न सकिन्छ ।

फिल्मलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् भने बिनोद अधिकारी कार्यकारी निर्माता हुन् । एकराज तामाङ फिल्मका लाईन प्रोड्यूसर सोपन सरकार र मनोज बिक सह निर्माता हुन् । फिल्ममा आशिष पिया रेवती क्षेत्री, नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी, कविता रेग्मी, ओमप्रतिक गुरुङ लगायत अभिनयमा छन् ।

सुबिन भट्टराईको चर्चित कृति समर लभमा आधारित यो फिल्मको ट्रेलरसँगै यसअघि सार्वजनिक ’साया’ बोलको गीतलाई दर्शक तथा श्रोताले रुचाएका छन् । फिल्मको पटकथा भने सामिप्यराज तिमिल्सेनाले लेखेका छन् भने संवाद लेखनमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् ।

टिमले यतिबेला मोफसलका स्थानिय दर्शकसँग सिधा साक्षात, मिडिया भेटघाट तथा युवापुस्ता लक्षित गर्दै कलेज क्याम्पियन तिब्र बनाईरहेको छ । पश्चिम नेपालको नेपालगञ्जबाट मोफसल यात्रा सुरु गरेर दाङको तुलसिपुर र घोराही, बुटवल, चितवन, हेटौँडा, धरान, इटहरी, दमक, बिर्तामोडसम्म ’समर लभ’ टिम पुग्यो । लिड कलाकार आशिष पिया र रेवती क्षेत्री सहितको टिम मंगलबार पोखरा केन्द्रित प्रचारको लागी पोखरा पुग्दैछ ।

For More videos Log on to Mazzako TV