आशिरमान देशराज जोशी र शिल्पा मास्के अभिनित सिनेमा दि ब्रेकअपको ट्रेलरलाई लिएर विवाद सकिएको छैन । यो सिनेमा भित्र आशिरमान र शिल्पाले चुम्बनको त बर्षा नै गराएका छन् । सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक हेमराज वीसीले आशिरमानको परिवारलाई पनि बोलाएका थिए ।

उनीहरु उपस्थित कार्यक्रममा संचालकले चुम्बनको बिषयमा आमालाई बोल्न लगाएका थिए । आशिरमानको काम भन्दा बढी चुम्बनको चर्चा छ । पत्रकारले आमाहरुबाट स्पष्टिकरण दिनका लागि बोलाउनुभएको हो भनेर प्रश्न गरेपछि हेमराज वीसी थोरै कुर्लिए । उनले, आफूले कार्यक्रममा सधै नै कलाकारको परिवारलाई बोलाउने गरेको बताए ।

तर, सिनेमा भित्र चुम्बनको बर्षा नै गरेका आशिरमान र शिल्पाको यो बिषय विवादित बन्दै गएपछि यसको निर्माताले उनीहरुको आमाबाट यसको स्पष्टिकरण खोजेको देखियो ।

For More videos Log on to Mazzako TV