अभिनेत्री सन्ध्या केसी प्रेममा छिन् । पण्डित बाजेको लौरो फिल्मकी हट अभिनेत्री अहिले एक यूवाको प्रेममा छिन् । उनको केही समयदेखि दर्शन भट्टराइको प्रेममा रहेको रहस्य खुलेको छ । दर्शनका पिता दिनेश भट्टराइले संचालनमा ल्याएको एक कार्पेट सोरुमको उद्घाटनमा सन्ध्या र दर्शन देखिएका थिए ।

दर्शन र सन्ध्याले तस्बिर खिचाउन पनि कुनै झन्झट मानेनन् । नेपाली सिनेमामा सन्ध्या केसीले नाम बनाउँदै गएकी छिन् । तर, उनको सिनेमा नचल्दा उनलाई फाइदा भने भएको छैन । सन्ध्याका प्रेमी दर्शनले भने मिडियामा खासै कुरा गरेनन् । उनी बोल्न लजाएका थिए ।

For More videos Log on to Mazzako TV