हेमराजमाथि अनमोलकै प्रश्न
निर्देशक हेमराज वीसीले अभिनेता अनमोल केसीलाई छाडेर लगातार २ सिनेमा बनाइसके । २ सिनेमामा नै उनले अभिनेता आशिरमान देशराजलाई हिरो बनाएका छन् । तर, पनि हेमराजलाई अनमोल केसी माथिको प्रश्नले हैरान बनाउन थालेको छ ।

निर्देशक वीसीले बनाएको दि ब्रेकअप सिनेमा अभिनेता केसीले अभिनय गरेको क्याप्टेनसँग जुध्न पुगेपछि उनीमाथि प्रश्न तेर्सिने नै भयो । अभिनेता केसीसँग इगो भएकै कारण तपाइले सिनेमा जुधाउनु भएको हो भन्ने प्रश्नमा हेमराजले अनमोलसँग त्यस्तो सम्बन्ध नभएको बताए । अनमोलसँग आफ्नो अहिले पनि राम्रो सम्बन्ध रहेको र फागूण १७ गते २ सिनेमा चल्दा बजारले धान्न सक्ने लागेर नै मिति पक्का गरेको बताएका छन् ।
हेमराजले अनमोल केसीलाई लिएर ३ सिनेमा बनाए, जुन सबै हिट भए । तर, उनले अनमोल छाडेर २ सिनेमा बनाइसके, जुन असफल भयो भने दि ब्रेकअप चल्ने तयारीमा छ । तर, उनलाई अनमोलको प्रश्नले भने छाडेको छैन ।








