फिल्म नचलेपछि बलिउड स्टारको याद आयो आशिरमानलाई
अभिनेता आशिरमान देशराज जोशीले सिनेमा क्षेत्रमा कलाकारले मात्र सिनेमा नचल्ने बताएका छन् । सिनेमा दि ब्रेकअपको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै आशिरमानले बलिउडमा पनि स्टारको सिनेमा असफल हुने बताए ।

उनले एउटा सिनेमा कलाकारको कारणले मात्र नचल्ने भन्दै कथावस्तु दर्शकलाई मन परेको खण्डमा चल्ने सुनाए । यसैले पनि आफूले कुनै पनि खालको दबाब महशुश नगर्ने उनले बताएका छन् ।
उनले बलिउडमा साहरुख खान, सलमान खान, आमिर खान लगायतका स्टारको सिनेमा पनि नचलेको भन्दै आफूलाई ती स्टारसँग दाँज्न खोजेका हुन् । आशिरमानले ग्याङस्टार ब्लूजको असफलताको जिम्मा आफूले नलिने बताए ।
For More videos Log on to Mazzako TV







