आयंक फाउन्डेशनको घोषणा
अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले मिलेर आयंका फाउन्डेशन खोलेका छन् । यो फाउन्डेशनको आज औपचारिक रुपमा सुरुवात गरिएको छ । यो फाउन्डेशनले समाजमा रहेका गरिब र उत्पिडनको लागि बढी काम गर्नेछ ।

अभिनेत्री कार्कीका अनुसार, महिनावारी भएका महिलाहरुलाई प्याड वितरण गर्न फाउन्डेशनले सुरुवातमै काभ्रेमा काम गर्नेछ । उनीहरु २ जना सहित ७ जनाको टिमले यो फाउन्डेशनको सुरुवात गरेको हो ।
गाउँ गाउँका महिलाहरुलाई जनचेतना जगाउनका लागि आफूहरु अग्रसर हुने आयुष्मानले बताए । प्रियंका र आयुष्मानले दुबैको सोच अनुसार नै यसको काम अघि बढेकाले यसमा विवाद नहुने पनि बताएका छन् ।
For More videos Log on to Mazzako TV







