दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । उनको सोमवार बिहान वीर अस्पतालमा निधन भएको हो । उनको लामो समयदेखि स्वस्थ अवस्था ठिक थिएन। निधन हुनुको खास कारण भने खुलेको छैन ।

‘लभ लभ लभ’, ‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘दिदी भाई’, ‘मिस्टर डन’ लगायतका फिल्ममा अभिनय गरेका उनी अभिनीत नयाँ फिल्म ‘गोपी’ यही माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले थुप्रै टेलिसिरियलमा पनि काम गरेका थिए ।

उनलाई श्रदाञ्जली दिन पशुपति आर्यघाटमा दर्जनौं चलचित्रकर्मीहरु पुगेका छन् । स्वर्गीय मुनालका एक छोरा छन् ।

For More videos Log on to Mazzako TV