चर्चित संचारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल सँग कोर्ट म्यारिज गरेका छन्। हालै, लामिछानेको श्रीमतीसँग डिभोर्स भएसँगै दुवैको सम्बन्ध बाहिरिएको थियो। उनीहरु आफ्ना सम्बन्धबारे चुप थिए। तर अब भने उनीहरुले जिल्ला अदालतमा विवाह दर्ता नै गरेको लामिछानेको फेसबुक स्टेटसमा उल्लेख छ।

उनले लेखेका छन् ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ। एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा विवाह दर्ता गरेका छौ। हामी दुवैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनका लागि शुभकामना मात्र चाहन्छौं।’

उनीहरु आगामी वैशाखमा बिहे गर्ने तयारीमा छन्। निकिता पनि डिभोर्सी हुन्। निकिताको एक छोरी छन् भने रवि दुई छोरीका बावु हुन्।

For More videos Log on to Mazzako TV