निखिल र संचिता एकसाथ किन नआउने ?
फिल्म खेल्दा खेल्दै अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइटेलको प्रेम बसेको थियो । प्रेम बिहेमा परिणत भयो । तर, बिहे गरेपछि भने निखिल र संचिताले पर्दामा एकैसाथ देखिनका लागि आवश्यक ठानेका छैनन् ।

निखिल र संचिताले फरक फरक रुपमा सिनेमा खेलेपनि एकसाथ भने खेलेका छैनन् । निखिल उप्रेती कमब्याकपछि चम्किए तर चलेनन् । संचिताको हालत त झनै खराब छ । उनी, अफर आएका जस्ता ब्यानरका सिनेमामा पनि काम गरिरहेकी छिन् । तर, उनको सिनेमा आएको र गएको नै दर्शकले थाहा पाउन छाडेका छैनन् ।
यसैले अब निखिल र संचिताले एकसाथ सिनेमा किन नखेल्ने ? निखिल र संचिताको जोडीलाई दर्शकले हेर्न चाहेका छन् । पर्दामा एकसाथ देखिएको खण्डमा निखिल र संचिताका लागि नै फाइदा हुने छ । तर, यो जोडीले फरक फरक ब्यानरमा सिनेमा खेलेर असफल भएपनि एकसाथ खेल्ने हिम्मत गरेको छैन । अब, एकसाथ आउँदा कसो होला ?