३ जना ‘शु’ कै लागि विशेष रणवीर
माघको १८ गतेबाट रिलिज हुन लागेको सिनेमा रणवीरमा एउटा संयोग छ । यो सिनेमाका ३ मुख्य कलाकारको पहिलो अक्षर सु बाट नै सुरु हुन्छ । सिनेमामा सुशिल सिटौला, सुवेच्छा खड्का र सुपुष्पा भट्ट मुख्य भूमिकामा छन् । यी तिनै कलाकारको नाम सुबाट भएपनि यो सिनेमा यी तिनै कलाकारका लागि महत्वपूर्ण मानिएको छ ।

किनकी, सुशिल नेपाली फिल्ममा जम्न सकेका छैनन् । यसैले यो सिनेमाबाट उनी जम्नुपर्नेछ । सिनेमाको लीड भूमिकामा रहेकाले पनि उनका लागि यो सिनेमा विशेष हुनेछ । मिस नेपालमा भाग लिएर चर्चामा आएकी सुवेच्छा खड्काको यो डेब्यू सिनेमा हो । यसैले पनि उनका लागि त यो सिनेमा चल्नैपर्छ ।
अर्की अभिनेत्री सुपुष्पा भट्टको पनि यो डेब्यू सिनेमा हो । यो सिनेमा पनि उनका लागि चल्नुपर्ने हुन्छ । यसरी हेर्दा यी ३ कलाकारका लागि यो सिनेमाको व्यापार विशेष छ ।