अभिनेत्री झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को अमेरिकामा गीत तथा फिल्मका केही दृष्यहरु छायांकनमा भैरहेको छ । छायांकन स्थलबाट मुख्य नायक अनमोल केसी र डेब्यु नायिका सुहाना थापाका केही रोमान्टिक तश्विरहरु बाहिरिएका छन् ।

फिल्मका नायक अनमोल, नायिका सुहाना, कलाकार सरोज खनाल, निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा लगायत अमेरिकामा फिल्म छायांकन सकेर सोमवार नेपाल फर्कने छन् ।

चैत्र २९ देखी प्रदर्शनमा आउने म्युजिकल लभ स्टोरी फिल्म ‘ए मेरो हजुर ३’ मा अनमोल, सुहाना र सरोजसँगै अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा लगायतको अभिनय छ । सुहाना इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।


For More videos Log on to Mazzako TV