माघ १८ गतेबाट प्रदर्शनमा आउँने फिल्म ‘रणवीर’ को स्याड सङ रिलिज भएको छ । फिल्मको ‘तिरिमिरी तिरिमिरी तिन तारा’ बोलको गीत र ट्रेलरबाट मज्जाको प्रतिक्रिया पाइरहेको अबस्थामा स्याड सङ रिलिज रिलिज गरिएको हो । सार्वजनिक ‘मान्न चाहन्नँ…’ बालेको गीतमा हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर दिएका छन् ।

गीतमा फिल्मकी लिड अभिनेत्री सुपुष्पा भट्टप्रति अभिनेता शुशील सिटौला प्रस्तुत छन् । सुपुस्पाप्रति सुशिलको एकोहोरो पागल प्रेमलाई मज्जाले प्रष्टाइएको छ । गीतमा गायक हर्कुलस स्वयंकै शब्द तथा संगीत छ । फिल्ममा शुशील र सुपुष्पासंगै अलावा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का,
रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटा लगायतकाको अभिनय छ ।

फिल्म ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ । महँगो बजेटमा तयार भएको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । कौतुहलता जगाएको छ ।

For More videos Log on to Mazzako TV