अभिनेता सलिनमान बनियाँ अभिनित सिनेमा यात्रा रिलिजको तयारीमा छ । तर, यो सिनेमा अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ए मेरो हजुर ३ सँग जुध्दैछ । अभिनेता सलिनमान भने आफ्नो र अनमोलको सिनेमा नजुधोस् भन्ने चाहन्छन् । किनकी, दुबै अभिनेतालाई दर्शकले मन पराएका छन् ।

तर, सलिन आफूलाई अनमोलसँग दाँज्न नमिल्ने पनि बताउँछन् । अनमोलको ५ वटा सिनेमा रिलिज भैसकेको तर आफ्नो दोश्रो सिनेमा बल्ल रिलिज हुन लागेको भन्दै उनले अनमोलसँग दाँज्न नमिल्ने पनि बताएका छन् । सलिनमानले आफूलाई अभिनय नआउने र आफ्नो स्टाइललाई दर्शकले रुचाएका पनि स्विकार गरेका छन् ।

तर, अब उनी आफू सबै कुरा सुधार गरेर अगाडि बढ्ने सोचमा रहेको पनि बताउँछन् । उनी अभिनित सिनेमा यात्रा चैत्रको २९ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV