अभिनेता राजेश हमाल सधै नै आफूले सिनेमामा काम गर्ने र निर्देशन पनि गर्ने बताउँछन् । तर, हमालले यसो भनेको लामो समय भैसकेको छ । अभिनेता हमालले एउटा दमदार सिनेमा लिएर दर्शकमाझ आउने बताएका छन् । अभिनेता हमालले भने–‘हो, मैले सिनेमाको कथालाई फेरि परिमार्जित गरिरहेको छु ।

एउटा दमदार सिनेमा लिएर दर्शकमाझ आउँदैछु ।’ अभिनेता राजेश हमालले आफूलाई सिनेमाको अफर नआएको कुरालाई पनि अस्विकार गरेका छन् । तर, उनले आफूलाई सिनेमाको अफर आएतापनि आफूले ब्रेक लिएको बताएका छन् । अभिनेता हमालले शकुन्तला सिनेमा हिट हुन्छ भन्ने सोच बनाएका थिए ।

तर, यो सिनेमा हिट नभएपछि उनी केही समयका लागि पछि हटेका छन् । सिनेमामा काम नगरेपनि अभिनेता हमालको व्यस्तता भने उस्तै छ ।

For More videos Log on to Mazzako TV