अनागत निर्देशकको स्क्रिप्ट अनमोलको टेबलमा

अभिनेता अनमोल केसी अहिले अमेरिकामा छन् । फिल्म ए मेरो हजुर ३ को छायांकनका लागि उनी अमेरिका पुगेका हुन् । उनै अभिनेता केसीको हातमा अहिले स्क्रिप्टको खात नै लागेको छ । उनी सुत्ने बेडरुममा सिनेमाको अफरका प्रशस्तै स्क्रिप्ट छन् ।

तर, उनले ए मेरो हजुर ३ सिनेमापछि अर्को सिनेमा गर्ने निर्णय लिएका छैनन् । अनमोल बर्षमा सकेसम्म एउटा मात्र सिनेमामा काम गर्ने मुडमा हुन्छन् । अभिनेता केसीलाई अनागत सिनेमाका निर्देशक साम्तेन भुटियाले पनि अफर गरेका छन् ।
तर, अभिनेता केसीले अहिलेसम्म यसको बिषयमा कुनै जवाफ दिएका छैनन् । अनमोलले कथा भने मन पराएका छन् । अभिनेता केसी अमेरिकाबाट फर्किएपछि यो बारेमा निर्णय लिने सोचमा छन् ।
For More videos Log on to Mazzako TV







